Wednesday, March 12, 2014

जे देखे सो लेखे


19 October 2013 at 16:03
एक दिन महादेवले
एक सुल्पा गाजा तान्नु भो
त्यसपछी दराजबाट
राम्रो राम्रो सुट छान्नु भो
सुटमाथी चिटिक्क हुनेगरी
टाइ पनि बान्नु भो
आफुलाई  खै कस्तो मान्नु भो
घरी यो सुट घरी त्यो सुट
फेर्नु भो
छिन छिनमा कपाल कोर्दै
ऐनामा हेर्नु भो
त्यसपछी
हेलिकप्टर चढेर पशुपती आउनु भो
भक्तजन भन्दा पत्रकारहरुको
अनेक प्रतिकृया पाउनु भो
त्यसपछी महादेवले भन्नु भो -
भक्तजनबृन्द
अब बाघको छाला लगाउँ भने
बन्य जन्तु मार्नुपर्छ
एउटा  बाघ पाउन
टाढा टाढा चाहार्नुपर्छ
जाबो एउटा बस्त्र
कता कता धाउनु
लोप हुने जन्तु मारी
किन बस्त्र लाउनु
पहिलेकी प्यारी सत्तेबती
पछी पार्वती भएकी थिइन
आजभोलि पार्वती पनि
क्याटरिना ,साकिरा भएकिछिन
उनलाई पाउन म जे पनि गर्ने गर्‍याछु
तपाईं पनि भन्नुस त
आज म कत्तिको चिटिक्क पर्‍याछु ।

उहाले नजिकैको बाबालाई भन्नु भयो -
तपाईंलाई पनि झन्जट लाग्छ भने
दार्ही लट्टा फाल्नुस
गेरु लुगा फालेर टाइ सुट हाल्नुस
मन शुद्द भए पछी ,बस्त्र के कुरा
ह्यन्डसम भएर सुन्दर बिचर दिन थाल्नुस ।
भक्तजन जय जयकार उर्लियो
हेलिकप्टर जोर जोरले कुर्लियो
म देउसै निद्राबाट झस्किएँ
ओहो आज कस्तो अदुभुत सपना देखें
जे देखे सपना ,त्यही कुरा लेखें ।

No comments:

Post a Comment

About Me

Hi I have made my blog so that many people read about me and my interest.

Followers

Blog Archive