Wednesday, March 12, 2014

हजुरबाको ईमेल (प्रेम ओलीका हाब्य कबिता)


7 July 2013 at 06:13
एक दिन इन्टरनेटमा
मित्रसंग च्याट गरिरहेको बेला
एउटा ईमेल आयो
बिलकुल बिमेल आयो
किनभने त्यो
स्वर्गबासी हजुरबाको ईमेल थियो
अझ इमेलमा पनि जिमेल थियो
जिमेल यस्तो थियो,
प्रतिपक्ष नेताको गाली जस्तो थियो,
मुलासाग होस कि भाजी
जती खोजे पनि नभिटिने पाजी
ल्यान्ड फोन गरे
एस एम एस गरे
मोबाईल ठोके
कहिले उत्तर नआए पछी
आज ईमेलमा भए पनि
यो तितो पोखे
मैले खोले खाएर
लगुटी  लाएर
नखाइ नलाई
दुइचार टुक्रा जमिन जोडें
तेरा बाउले पनि
कछनी लाउदै घरघडेरी जोडे
आज करौडाकौको भए पछी
श्राद्द गर्नु छैन तिथी हेर्नु छैन
पितृलाईलाई चटक्कै भुल्ने ?
पुर्खौली सम्पतिले
भाङ खाएर
ड्रग्स खाएर
सुकेको त्यो भगेंरे छाती
हाती जत्रो फुल्ने ?
कमाइ धमाइ गर्नु छैन
क्यासिनोमा झुल्ने ?
सदाचारलाई बिर्सेंर
सम्पती बेची बेची
देस बिदेस डुल्ने ?
बुढाले हका्र्नु हकारेछन
अगाढी पढन पनि गार्हो  लाग्यो
नपढि छोडन पनि सार्हो लाग्यो
थोरै फेरी अघी बढें
के लेखेकारहेछन बुढाले अरु पढें,
थुक्क पाजीहरु
बेकामे काजिहरु
घर बारी बाझो राखी
घर खेत बाझो राखी
परको भुमिमा पसिना पोख्ने
आभिमानलाई बन्दकी  राखी
प्रदेशीको चरण ढोक्ने ?
आफ्नो देसको ढुंगा नबोकी
बिदेसीको भारी बोक्ने ?
हाम्रो पालामा,अरु नभए पनि
कम्सेकम शान्ती त थियो
तराइ हिमालसम्म कान्ती त थियो
थुक्क गजडी !
च्यातेको पाइन्ट लाकोछ
सकिया ,रोदी ,देउडा छोडि
रयाप र झ्याप गाको छ
खाली झोला बोकेर
स्कुल कालेज आकोछ
नाक कान छेँडेर
टयापे झ्यापे भाकोछ
नातिनी पनि
फेसनको नाममा
खाली टालो मात्र लाएकी छ
ज्यु बनाउने भन्दै
आधी पेट खाएकी छ
सौदर्यको नाममा
भुतनी जस्ती भाकिछ
पढन जान्छु भनेर
डिस्को तिर गाकिछ
आज एउटासँग
भोली आर्कैसंग
माया प्रिती लाकीछ
पहिलो प्रेम भन्दै
झुटो कसम खाकिछ
तर गजबको कुरो
टिभी पत्र पत्रिकामा उही नै छाकीछ
अन्तिम अनुक्षेद पढें,
थुइक्क धुन्दकारी !
कहिले यो पा्र्टीमा छिरेकोछ
कहिले त्यो पार्टिको बिल्ला भिरेकोछ
नैतीकता टुकुचामा फालेर
देश बिगार्दै हिंडेकोछ
माटोको माया छोडेकोछ
बगली छुरा राखी
शान्तिको कम्बल ओडेकोछ  
आज सहमती गरेर
भोली त्यसैलाई तोडेकोछ
आमालाई लात हान्दै
पराइ नाता जोडेकोछ ।
पढ्दा पढ्दै बुढाका गाली दिक्क लाग्यो
डिलेट गर्दे ,ब्लकै गर्दे
तब बुढालाई ठीक्क लाग्यो ।

No comments:

Post a Comment

About Me

Hi I have made my blog so that many people read about me and my interest.

Followers

Blog Archive