Thursday, March 20, 2014

लोडसेडिङ्ग


20 March 2014 at 18:41
लोडसेडिङ्गले आजभोलि
उल्का उल्का ल्या’को छ
मैन बत्ती बाल्दा  
खल्ती पनि ख्या’को छ
जादा सुटुक्क गए पनि
आउँदा
ठुलै पुरुस्कार पा’को जस्तो
केटाकेटी पनि सिट्ठी फुक्दै
होहल्ला नै मच्चाउछन
बाउ लाहुरबाट आ’को जस्तो ।  

राइस कुकरमा भात बसाल्दा
आधा नपाक्दै झ्याप्प बत्ती जान्छ
भात पाकोस नपाकोस
बिजुली मिटरले चै पैसो तान्छ
फेरी त्यो काँचो भात
प्रेसर कुकरमा कसरी  पकाउने
कुकर भन्दा तात्तेकी गृहणीलाई
अब कस्ले फकाउने ।  


आइरन लाउदा लुगामा
एउटा बाहुलो लाउदा  लाउदै
अर्र्को बाहुलो बाँकी
यही लुगा लगाएर
जाने हो कि झाकी
सुत्नु अघी गा’को बत्ती
उठ्ने बेला आ’को छैन
मर्नङ्घि वाकमा जादा कुनै दिन
सद्धे लुगा ला’को होइन
ट्राउजर भनेर कति पटक  
श्रीमतीको सुरुवाल हाल्याछु  
दार्ही जुगा काटदा पनि

आखी भौ नै फाल्या्ुछु ।

एक दिन
टवाइलेट भनेको त
फ्रीजमा पो छिरिएछ
श्रीमतीज्यूको पेटिकोटको इजारा
जनै भनी पो भिरिएछ ।

यै लोडसेडिङ्ले गर्दा
नेपालको पहिचान
संसारमै अलग छ
सरकारको परिवार नियोजन योजना
संबिधान जस्तै फलप छ ।    


No comments:

Post a Comment

About Me

Hi I have made my blog so that many people read about me and my interest.

Followers

Blog Archive