ओइे कबिता !
तिमी आउँदा
मेरो कलम हुँदै आउनू
सके मान्छेलाई हसाउनू
नसके पनि मनहरुमा दिल बसाउनू
नभए पनि
बिछोडका कुरा गर्दै
शोक र भोक कुरा गर्दै
मान्छेलाई रुवानू
ओइे कबिता
तिमी आउँदा
कलकल बग्ने निदै जस्तै
सललल बग्दै आउनु
उशाको लाली जस्तै
झललल लाग्दै आउनु
बच्चा पाउन नसकेकी
मिर्गनीले जस्तो
ठसठस कन्दै नआउनु
बेथा लागेकी आमाले जस्तो
घण्टा गन्दै नआउनु
तिमी आउँदा
सोर्ह बर्षे ठिटी जस्तो
चिटिक्क परेर आउनुपर्छ
तिमीलाई सुन्दा
हजारौ मनले धाउनुपर्छ
मनहरुका कान पाक्ने गरी
सुन्दा स्रोता थाक्ने गरी
दर्शक छिनमै भाग्ने गरी
आउनु हुँदैन
तिमी आउँदा
सुमधुर भएर आउनु पर्छ
एक नजरमै
मान्छेलाई मायाप्रिती लाउनुपर्छ ।
No comments:
Post a Comment