30 July 2013 at 05:54
पढियो लेखियो
संसार पनि देखियो
अब विवाह गर्ने
सुर लाइयाछ
त्यसैले
एउटी गजब श्रीमती चाहियाछ
पाउन त
धेरै केटीहरु पाइयाछ
तर आफुलाई
गाउमा बस्ने श्रीमती चाहियाछ
गाउमा आमा एक्लै छिन
बाटोघाटो काट्न जान्दैनिन
गाउ जस्तो रमाइलो
सहर ठान्दैनिन
त्यसैले
सहर आउन मान्दैनिन ।
जागिरे भए पछी
केटी त
एक से एक पाइयाछ
तर आफुलाई
आमाको हेरचाह गर्ने श्रीमती चाहियाछ
छोरी माग्न गयो भने
राम्रै घरनाले मान्छन
रात्री भोजको निम्तो दिदै
घरसम्म पनि तान्छन
तर श्रीमती गाउमा लाने कुरो गरे पछी
कुचो बराल्नेले हान्छन ।
धान मकै बटाउनलाई
आमाको भार कटाउनलाई
गाउकै केटी मागी हेरे
आफन्त पनि लागि परे
केटीवालहरु
आफन्तलाई भेट्न धुमधाम देखियो
तर सबैको
छोरीलाई सहर नै राख्ने जोरजाम देखियो
जब मैले त्यहा पनि
श्रीमती आमासङ्ग बस्ने कुरो राखे
तब सबै तर्कदै पो भागे
गाउमा राख्दा माइतिको मन दुख्ने
सहरमा राख्दा आमाको मन दुख्ने
आमा गाउमा एक्लै
म पनि सहरमा एक्लै बस्याछु
के गर्ने गर्ने ? गजबले फस्याछु
अब जे होला होला
आमाको जियु पछी मात्र
विवाह गर्ने पो सुर कस्याछु ।
No comments:
Post a Comment