Wednesday, March 12, 2014

पेडा धाक लाउदै (ओलीको गोली )


8 February 2014 at 06:38
उकुस मुकुस भएर
शहर बसेको बेला
दुइचार दिन भए पनि
घुम्न गाउ गइयो
शहरमा आलु खाए पनि
गाउमा पेडाको धाक लाउदै
हिरो भईयो ।

धुलो धुवाले
शहरमा निस्ससेको बेला
दुई चार दिन भए पनि
शुद्द हावापानी खाइयो
देखावटी शहरको माया भन्दा
गाउमा पवित्र माया पाइयो ।

शहरका परीहरु
दिनमा जून जस्ता
रातमा सितारा जस्ता
बिहान मुहार धुदा
कोतर्ने दारा जस्ता
गाउका कान्छीहरु
बिहानमा झर्ना जस्ता
दिनमा फुल जस्ता
रातमा  तारा जस्ता ।

शहरमा गर्ने काम छैन
काम भए पनि दाम छैन
दाम भए पनि नाम छैन
तर गाउमा जागर हुनेलाई
काम छ दाम छ
दाम हुनेलाई ठुलै नाम छ
त्यसैले शहरमा
भ्यागुतो झै थुप्रिनु भन्दा
उफ्रिदै  जाऔ गाउ
धरहरा झै कुप्रिनु भन्दा
केही गरौ आफ्नै ठाउँ ।

No comments:

Post a Comment

About Me

Hi I have made my blog so that many people read about me and my interest.

Followers

Blog Archive