17 March 2014 at 16:22
निती बामपन्थी
रिती दामपन्थी
जनता जोगी
नेता सुबिदाभोगी
नाम साम्यवाद
काम धनधान्यबाद
जय साम्यवाद ।
जनता हिड्छन
चप्पल ठोकी
नेता हेपिकप्टर बोकी
क्रान्ति गर्ने भनेको
यस्तै यस्तै होकी
बिचार साम्यवाद
व्यबहार सामन्तबाद
जय साम्यवाद ।
कुरा हाक्ने ठुला ठुला
समाउने धनका पुला
जे जे भने त्यै त्यै मान्ने
हामी कस्ता मुला
घोडा खच्चर मुर्दाबाद
पजेरो पारो जिन्दाबाद
जय साम्यवाद ।
कन्फ्युजनका कुरा गरी
फ्युजन गर्ने बानी
आटकाउने हलो
पटकाउने गोरु
सत्ता छानी छानी
कला प्रगतीशिल
शैली दुर्गतिशिल
भन्ने साम्यवाद
मान्ने दाम्यबाद
जय साम्यवाद ।
कार्यकर्ताले उठे भने
जसरी हुन्छ थामथुम पार्ने
बिद्रोह गर्न जुटे भने
कसरी हुन्छ सामसुम पार्ने
हो की साम्यवाद
पाटी फुटिरहने
छैन थाम्यबाद
जय साम्यवाद ।
No comments:
Post a Comment