Wednesday, March 12, 2014

ओइ नेताज्यु (चुनाव बिशेष )


12 October 2013 at 11:55
ओइ नेताज्यु
यसपाली भोट माग्ने
नयाँ कुरो खोइ नेताज्यु ?
पहिले
प्रजातन्त्र बनाउने भन्यौ
प्रजालाई स्वतन्त्र बनाउने भन्यौ
प्रजातन्त्रको नाममा
आँफै ब्रह्मलुट गर्दै
प्रजालाई झन गरिविको रेखा मुनी खसाल्दै
धनी गरीबको ठुलो खाडल खन्यौ
ओइ नेताज्यु
यसपाली भोट माग्ने
नयाँ कुरो खोइ नेताज्यु ?
फेरी अर्को चुनावमा
लोकतन्त्र बलियो बनाउने कुरा गर्‍यौ
संबिधान बनाउने कुरा गर्‍यौ
चार चार साल तलब भत्ता खाँदै
के के काम पूरा गर्‍यौ
अन्तमा देश बेदेशिलाई दोस लगाउदै
आँफै एम्बुसमा पर्‍यौ
ओइ नेताज्यु
यसपाली भोट माग्ने
नयाँ कुरो खोइ नेताज्यु ?
तिमीले कै बनाउने त होइन
तर पनि अब
ठुला ठुला हाइड्रो पावर जुराउने कुरा गर
सगरमाथामा केवलकार पुराउने कुरा गर
हुम्ला जुम्लासम्म रेल गूडाउने कुरा गर
नेपालीलाई रकेटमा हालेर
चन्द्रमा उडाउने कुरा गर
त्यो पनि सक्तैनौ भने
नेपाली आमालाई टुक्राउने कुरा गर
नेपाली दाजुभाइलाई लडाउछु भनी
डुक्राउने कुरा गर
नत्रभने
ओइ नेताज्यु
यसपाली भोट माग्ने
नयाँ कुरो खोइ नेताज्यु ?

No comments:

Post a Comment

About Me

Hi I have made my blog so that many people read about me and my interest.

Followers

Blog Archive