परार हजुर बुवा आउदा
भन्नु हुन्थ्यो –
घरहरू उठेकै छन्
पर्खाल पनि फुटेकै
छन्
जहिले आयो
सडक पेटी खानेकै छन्
बाटोमा खाडल बनेकै
छन्
सधै काठमान्डू
लाटिले धोति लाको
जस्तो
हैन ए ठुला कान्छा
यो काठमान्डू सहर
कस्तो ?
पोहर काका आउदा
भन्नु हुन्थ्यो –
पोलका पोलका तार
लात्केकै छन
पुल पुलेसा भत्केकै
छन
जाममा गाडी अट्केकै
छन
धुलोमा मानछे फट्केकै
छन
एतिहासिक सहर पनि
दुर गाउको भैसी गोठ
जस्तो
हैन ए ठुला कान्छा
राजधानी भएर पनि किन
यस्तो ?
बर्षाम़ा आमा आउदा
भन्नु हुन्थ्यो –
ओ हो पानी पर्दा त
सडक
टनकपुरको डुबान जस्तो
धारोम़ा पनि पानी
भन्दा
हावाको तुफान कस्तो
मन्त्रि
प्रधानमन्त्रि बस्ने गाउ पनि
भैसी आहाल खेल्ने ठाउ
जस्तो
हैन ए ठुला कान्छा
बिदेसी आउने सहर पनि
किन यस्तो
अस्ति बडाबा आउदा
भन्नु हुन्थ्यो –
सिंहदरबार हेरयो
उस्तै छ
राजदरबार हेरयो
दुरस्तै छ
सहर पनि
गाउघरमा लालटिन टुकी
बल्या जस्तो
बाटो पनि लागुटिम़ा
टालो हल्या जस्तो
हैं ए ठुला कान्छा
राजधानी सहर भएर पनि
किन यस्तो ?
सहरमा महंगी मान्छे
कति भोका छन
गाउमा किसान भाउ नपाइ
रोका छन
बजार पनि
दुई चार ब्यापारीको
मुट्ठीमा भए जस्तो
नुन देखे सुनसम्म
केहि छैन सस्तो
देशमा सरकार पनि छैन
जस्तो
हैन ए ठुला कान्छा
सरकार बस्ने सहर पनि
किन यस्तो
आइे फोनबाट
पोज दिदै फोटो खिच्यो
फेस देखाउन फेसबुक
डिभी परे पनि
लाइक गर्ने
छोराले जाचमा
पास गरे पनि
लाइक गर्ने
हुँदा हुँदा
बाउ मरे भन्दा पनि
लाइकै गर्ने
हैन यो कस्तो ठेसबुक
!!
No comments:
Post a Comment