न संबिधान बन्यो
न फेरी संबिधान बन्छ
संबिधान भन्दा त यहाँ
छिटो छिटो
नयाँ सरकार बन्छ ।
संबिधान
न नेतालाई चाहियाछ
न जनतालाई चहियाछ
जनता त
शान्ति र बिकास रोज्याछन
तर नेताले
देस बने पनि नबने पनि
सधैं सत्ता र कुर्सी खोज्याछन ।
बिकास होस वा नहोस
नेतालाई बजेट चाहियकोछ
किनभने
काम नभए पनि
कागज देखाउदै कमिसन पाइएकोछ
त्यसैले
न संबिधान बन्यो
न फेरी बन्छ
त्यो भन्दा पनि छिटो
फेरी नयाँ सरकार बन्छ ।
नेता चाहन्छन
जनता गरिव हौन
देस झन गरिव होस
नेतालाई माग्ने भाडो चाहिएकोछ
किनभने
भिखमा पनि कमिसन पाइएकोछ ।
भैंसी दुब्लो होस कि मोटो
जुकालाई रगत भए भो
गरिव होस कि धनी
नेतालाई जगत भए भो
यहाँ नेताले
आफु सरकारबाट हेटे पछी
नयाँ सरकारको आयु गन्छ
संबिधान बनाउने कसैले गर्दैन
तर सरकार
सबैले म बनाउछु भन्छ
त्यसैले फेरी पनि
न संबिधान बन्यो न बन्छ
बन्यो भने पनि
आर्को नयाँ सरकार बन्छ ।
यहाँ सबै नेतालाई
संबिधान लेख्ने भन्दा पनि
मन्त्री प्रधानमन्त्रीमा नाम लेखाउनुछ
कसैले नचिने पनि
पनातिलाई आफ्नो फोटो देखाउनुछ
त्यसैले
न संबिधान बन्यो
न फेरी बन्छ
हेर्दै जानुस
त्यो भन्दा त छिटो
आर्को सरकार बन्छ ।
No comments:
Post a Comment