Wednesday, March 12, 2014

हैन बा (ओलीको गोली )


24 February 2014 at 21:31
एउटाको कुरै कस्तो
अर्काको स्वरै कस्तो
एउटा भटभटे  भट्के जस्तो
अर्को पम्पसेट पट्के जस्तो
कुन उमेरमा  जोडी अन्माएछौ
हैन बा !
कस्ता छोरा जन्माएछौ ?
एउटाको बोलिको ठेगान छैन
अर्काको बचनमा लगाम छैन
एउटा सधैं कुर्सी ताक्छ
अर्को सधैं  सधै पद ढाक्छ
हैन बा
कुन देशकी श्रीमती अन्माएछौ
यस्ता छोरा जन्माएछौ ?

एउटा चट्टान जस्तो अरे
अर्को चण्डान जस्तो अरे
एउटा गाली दिएर नथाक्ने
अर्को ताली लिएर नथाक्ने
सात करोडको रागोको कुरा सुन्दा
कस्तो कमालको बाउ भएछ
त्यसैले धमालको भाउ रहेछ
उसका सन्तानहरु
पक्कै देशको बिकासमा  लागेका होलान
नभेए
शान्तीको निकासमा लागेको होलान
नयाँ आबिस्कारमा  उठेकाहोलान
नयाँ खोजमा जुटेकाहोलान
त्यसैले त
उसको नस्लको मारामार छ
तर तिम्रो छोराहरुमा
अझै पानी बाराबार  छ
हैन बा
कुन साइतमा
बिहेको लगन अन्माएछौ
आज यस्ता छोरा जन्माएछौ ?

त्यो रागोलाई त
कतिले भगवान झै पुज्लान
कतिले त
त्यही रागो हुन खोज्लान
तर तोम्रो छोराहरुको
बानेश्वरमा कुर्सी तानातान छ
कुर्सिकै लागि कुर्सिले हानाहान छ
हैन बा
तिमीले बिहे गर्दा
पहिरो झर्याथ्यो कि रुख ढल्याथ्यो
चट्याङ पर्याथ्यो कि हुरी चल्याथो
कुन समय दुलही अन्माएछौ
आज यस्ता छोरा जन्माएछौ ।

No comments:

Post a Comment

About Me

Hi I have made my blog so that many people read about me and my interest.

Followers

Blog Archive