एक दिन
अक्कल बहादुर
खाना बनाउन भनी
भान्सामा पसेछन
भाडाकुडा आँफै धसेछन
झ्याप्प बत्ती गए पछी
बेसार भनी खुर्सानी ठोकेछन
नुन भनी तरकारीमा
बेस्सरी चिनी पो पोखेछन ।
अर्र्काे दिन
अक्कल बहादुर
तरकारी किन्न जादा
झ्याप्प बत्ती भए पछी
पिठो भनी लिटो जोखेछन
आलु भनी गिठो पो बोकेछन
पसेलेले पनि
चिमचिम मोबाइल बाल्देछ
केराउ भन्दै
एक धार्र्नी खुर्सानी हाल्देछ ।
फेरी एक दिन
अक्कल बहादुर
साथीभाइको भेटघाटमा
अबेरसम्म खानपिनमा बसेछन
राती आउँदा
लोदसेडिङ्गमा फसेछन
कुन ढुङ्गो कुन माटो
कुन ढल कुन बाटो
बिचरा अक्कल
झ्याम्म ढलैमा खसेछन
नाङग्य बाबाले खरानी घसे जस्तो
जिउ भरी ढलमल घसेछन ।
अर्र्काे दिन फेरी
अक्कल बहादुर
घर आउँदा
झ्याप्प बत्ती गए पछी
आफ्नै घर ठानी
छिमेकिको फ्ल्याटमा पसेछन
घरकी बुढी ठानी
परकिलाई च्याप्प कसेछन
बिचरा !
जबरजस्तिमा झन्न फसेछन ।
त्यस्तै
एक दिन मिर्मरिेमा
अक्कल बहादुर
गाइगोठमा गएछन
सुमसुमाउदै बस्तुलाई
मिची मिची फाँचो धोएछन
जती तान्दा पनि दुध नआउने
पछी पो थाहा भयो
अक्कल बहादुरले
गाई भनी गोरु पो दोएछन ।
No comments:
Post a Comment