ओइ नेताज्यु
यसपालीको हाम्रो दशैं
तिम्रो चुनाब जस्तो हुनुपर्छ
तिम्रो चुनाब
हाम्रो दशैं जस्तो हुनुपर्छ ।
जो नेता भोट माग्न आए पनि
टन्न नोट मागेर
बर्गेनो भैसीलाई झै दुइन्छ
जसले दुहिन मान्दैन , भन्द्याछु
उस्को सभासद हुने सपना पनि
बुढिबाख्री झै तुहिन्छ ।
जसले जति पार्टी फेरे पनि
जुन पार्टीलाई हेरे पनि
सबैको अनुहार उस्तै उस्तै छ
यसपाली पनि
संविधान नबनाउने कुरो दुरुस्तै छ
जसले चुनाब जिते पनि
त्यही सरकार र सत्तामा जाने हो
खाली तलब र भत्ता त खाने हो
त्यसैले अब त हामीलाई
तिम्रो त्यो तलब भत्ताको कमिसन
अग्रीम चाहिन्छ
जस्ले यसको एग्रीमेन्ट गर्छ
उसैको चुनाब चिन्हमा
छ्याप्प छाप लाइन्छ
अब हामीलाई
तिम्रो खाली थोत्रो शुभकामना होइन
दशैंमा
नयाँ लुगा र
पेटभर मासुभात चाहिन्छ
जसले नोट दिन्छ
उसैले भोट पाइन्छ
पंचेहरुलाई हेर्यौ
कांग्रेसीहरुलाई हेर्यौ
कमनिस्टहरुलाई हेर्यौ
सबलाई हेर्दा हेर्दै
हामी त हेर्या हेरै पर्यौ ।
अब नेतालाई ठोक्न नसके पनि
भोट त ठोक्नै पर्यो
चुनाब भए छ भने पनि
चुनाब हाल्न त गइन्छ
तर निर्बाचन आयोग एउटा अनुरोध
हामीलाई भोट हाल्न
भारतमा जस्तै बहिस्कार गर्ने
मतपत्रमा एउटा खाली बक्स चाहिन्छ ।
यसपालीको हाम्रो दशैं
तिम्रो चुनाब जस्तो हुनुपर्छ
तिम्रो चुनाब
हाम्रो दशैं जस्तो हुनुपर्छ ।
जो नेता भोट माग्न आए पनि
टन्न नोट मागेर
बर्गेनो भैसीलाई झै दुइन्छ
जसले दुहिन मान्दैन , भन्द्याछु
उस्को सभासद हुने सपना पनि
बुढिबाख्री झै तुहिन्छ ।
जसले जति पार्टी फेरे पनि
जुन पार्टीलाई हेरे पनि
सबैको अनुहार उस्तै उस्तै छ
यसपाली पनि
संविधान नबनाउने कुरो दुरुस्तै छ
जसले चुनाब जिते पनि
त्यही सरकार र सत्तामा जाने हो
खाली तलब र भत्ता त खाने हो
त्यसैले अब त हामीलाई
तिम्रो त्यो तलब भत्ताको कमिसन
अग्रीम चाहिन्छ
जस्ले यसको एग्रीमेन्ट गर्छ
उसैको चुनाब चिन्हमा
छ्याप्प छाप लाइन्छ
अब हामीलाई
तिम्रो खाली थोत्रो शुभकामना होइन
दशैंमा
नयाँ लुगा र
पेटभर मासुभात चाहिन्छ
जसले नोट दिन्छ
उसैले भोट पाइन्छ
पंचेहरुलाई हेर्यौ
कांग्रेसीहरुलाई हेर्यौ
कमनिस्टहरुलाई हेर्यौ
सबलाई हेर्दा हेर्दै
हामी त हेर्या हेरै पर्यौ ।
अब नेतालाई ठोक्न नसके पनि
भोट त ठोक्नै पर्यो
चुनाब भए छ भने पनि
चुनाब हाल्न त गइन्छ
तर निर्बाचन आयोग एउटा अनुरोध
हामीलाई भोट हाल्न
भारतमा जस्तै बहिस्कार गर्ने
मतपत्रमा एउटा खाली बक्स चाहिन्छ ।
No comments:
Post a Comment