3 August 2013 at 12:34
एक दिन मेरो बिल्ली
सुटुक्क पुगेछ दिल्ली
कसैले बनाएछन
उसलाई उल्लिबिल्ली
कसैले बनाएछन सिल्ली
तर उ अझै ठान्दैन
कसैले उडाएकोछ
उसको खिल्ली ।
बिरालोको चालमा गए पनि
बाघ भई फर्कन्छ
के शक्ती पाउछ उता
यता मेघ झै गर्जन्छ
सानै दिल्लीलाई भेटे पनि
ठुलै डिङ हाक्याछ
के शक्ती लिएछ आउँदा
सरकारै ढाल्न आक्याछ
यहाँ हुन्न हुन्न भने पनि
त्यहा सब हुन्छ भन्छ
यहाँको बिल्ली मेरो
उता गए
पछी
खै कसरी
दिल्लिकै त कुत्ता बन्छ
मलाई जती ढाटे पनि
त्यहा सत्य कुरा फलाक्छ
कसरी भन्ने मेरो बिल्ली
दिल्लि भन्दा चलाख छ
मसँग हुँदा
दिल्लीलाई नानाथरीका
गालीगलोज पोख्छ
दिल्ली पुगे पछी
मातापितालाई झै
घपलक्क चरणमा ढोक्छ
कुन बिरालोले मुसा मार्छ
दिल्लीले एक एक जोख्तछ
त्यसैले
कहिले यो बिरालो
कहिले त्यो बिरालो
काखी च्यापी बोक्तछ
अगाडि दुद देखाइ बिल्लीलाई
पछाडिबाट मजाले लात्ता ठोक्तछ
बिचरा बिल्लीलाई के थाह
यो मामालामा
दिल्ली कती पोक्तछ

सुटुक्क पुगेछ दिल्ली
कसैले बनाएछन
उसलाई उल्लिबिल्ली
कसैले बनाएछन सिल्ली
तर उ अझै ठान्दैन
कसैले उडाएकोछ
उसको खिल्ली ।
बिरालोको चालमा गए पनि
बाघ भई फर्कन्छ
के शक्ती पाउछ उता
यता मेघ झै गर्जन्छ
सानै दिल्लीलाई भेटे पनि
ठुलै डिङ हाक्याछ
के शक्ती लिएछ आउँदा
सरकारै ढाल्न आक्याछ
यहाँ हुन्न हुन्न भने पनि
त्यहा सब हुन्छ भन्छ
यहाँको बिल्ली मेरो
उता गए
पछी
खै कसरी
दिल्लिकै त कुत्ता बन्छ
मलाई जती ढाटे पनि
त्यहा सत्य कुरा फलाक्छ
कसरी भन्ने मेरो बिल्ली
दिल्लि भन्दा चलाख छ
मसँग हुँदा
दिल्लीलाई नानाथरीका
गालीगलोज पोख्छ
दिल्ली पुगे पछी
मातापितालाई झै
घपलक्क चरणमा ढोक्छ
कुन बिरालोले मुसा मार्छ
दिल्लीले एक एक जोख्तछ
त्यसैले
कहिले यो बिरालो
कहिले त्यो बिरालो
काखी च्यापी बोक्तछ
अगाडि दुद देखाइ बिल्लीलाई
पछाडिबाट मजाले लात्ता ठोक्तछ
बिचरा बिल्लीलाई के थाह
यो मामालामा
दिल्ली कती पोक्तछ

No comments:
Post a Comment