Wednesday, March 12, 2014

तारेमाम बाजे तारेमाम ( भानुजयन्तिको उपलक्षमा )


11 July 2013 at 20:12
तारेमाम बाजे तारेमाम
ल आउनुस आज यतै
सँगै बसेर
भुटन छोइलासँग
अलिकती ओइला खाम ।

हाम्रो बाजेले भनेको
पहिले पनि तिमी
हाम्रै घरमा आएकाथ्यौ रे
त्यो बेला
चिउरा र अचार मात्र खाएकाथ्यौ रे
अब त तिमी पनि
अरु बाजे जस्तै
ठुलो खसी खान्छौ होला
कचिला र सेकुवासंग
वासा पनि तान्छौ होला
अबका बाजेहरु त
मजाले ठुलो खसी पेटमा छिराउछन
आउँदा दशैहरुमा लाग्छ
सानो खसिको ठाउमा ठुलो खसी
घरकै गेटमामा गिराउछन ।

लसकुस बाजे लसकुस
ल आउ आज पनि
हामै्र घरमा बस
के छ तिम्रो हालखबर
बरु बताऊ रसरस
यहाँ त जमना धेरै बदली सक्यो
मान्छे पनि धेरै बदली सक्यो
रामहरु सबै भागीसके
रावणहरु मात्र यहाँ बाँकी छन
पान्डपहरु पनि कतै लागिसके
कौरबहरु नै मात्र बागी छन
सत्त जस्ले पनि छोड्न सक्छन
तर सत्ता कसैले छोड्दैनन
लत्त जस्ले पनि छोडन सक्छन
तर भात्ता कसैले छोडदैनन
अब तिमी पनि
राबायण लेख बाजे राबायण
कस्ले पढछ र तिम्रो रामायाण
मेरो बाजेले भनेको
तिमी त्यो बेला
कानमा जनै राखी
पाइखाना जान्थ्यौ रे
कछनी फेरी मन्त्र जपी
अनि मात्र भात खान्थौ रे
अहिले त
बहुन हुन कि क्षेत्री
टुपी सबैले फालिसके
जनै खोलामा हालिसके
त्यसैले अब
सुरुवाल भोटि खोल बाजे
सुरुवाल भोटि खोल 
अंग्रेजी बोल अंग्रेजी बोल
सुटबुट लाऊ बाजे शुटबुट
अनी मात्र हुन सक्छ तिम्रो
सभ्य नागरिकसंग बसउठ
टाइ लाऊ बाजे टाइ
अनी मात्र हुन्छ तिम्रो हाइ हाइ ।

तारेमाम बाजे तारेमाम
बाटोघाटो यहाँ सधैं जाम
सडकहरु साघुरा भए 
गाडीहरुको छ लामो लाम
आउ बाजे यतै बस
रुपैयाले  नटोके  पनि
फेरी उपैयाले टोक्ला 
मछेरले गीत गाउला
तिमी नाचौला 
यो पासा ताली ठोक्ला 
मेरो पनि छैन केहि काम
जे परे पर्ला आज
ह्वस्की र बियरसँग
टन्न चटामरी मम खाम ।

No comments:

Post a Comment

About Me

Hi I have made my blog so that many people read about me and my interest.

Followers

Blog Archive