2 July 2013 at 22:11
एक दिन
पार्वतीले महादेबलाई भनिन-
स्वामिजी
यो बुढो गोरु कती चढनु
तपाईं पनि
पल्सर न्यानो हाक्नु पर्यो
यो प्रेयसिलाई
नेपाल भारत
घुमाउन आक्नु पर्यो
पार्वतीको कुरो सुने पछी
महादेवले फकाउदै भने -
मेरी डार्लिङ
गाडी चलाऊनलाई लाइसेन्स चाहिन्छ
हामी देबतालाई त्यो कसरी पाईन्छ
लाइसेन्स ल्याउन
कतिलाई मनाउन पर्छ
जाबो कागत टुक्रोलाई
कतिको लुतो कनाउनुपर्छ
पल्सरमा घुमाउदा तिमीलाई
मुन्द्रे मुन्डलेले ताक्न सक्छ
तिमीलाई थाहै छ मेरो रिस
मुन्द्रेलाई हान्दा,त्यो बाटो छेक्ने
मेरै बाहान नन्दिलाई लाग्न सक्छ
अझै गार्हो कुरो
यो सोझो महादेवसँग
जालन्धरले जस्तै
त्यो धुर्त मान्छेले पनि
तिमीलाई माग्न सक्छ ।
तर पार्वती जिद्दी गरी छाडिन
पल्सरको पछाडि चढी छाडिन
पल्सर हावामा हुइकिन थाल्यो
सडक थर्काउबै सुइकिन थाल्यो
पुलिसले रोक्न घारो नै टाग्यो
बुढासँग तु लाइसेन्स माग्यो
महादेवले भने -
म मान्छेलाईलाई लाइसेन्स दिने देव हुँ
के को लाइसेन्स ? म देवका पनि
महादेव हुँ
यि पछी बसेकी मेरी पार्वती हुन
तिमीलाई थाहै छ
यि मेरी आफ्नै श्रीमती हुन ।
पुलिसले लाठी घुमाउदै भन्यो
आफ्नो नाकलाई
महादेवको मुख सुघाउदै भन्यो -
बुढो त देउसै मातेर आकोछ
टुन्न भाङ धतुरो सबै लाको छ
तिमीलाई थाह छैन
काठमाण्डुमा मापासे छाको छ ?
छ भने खुरुक्क लाइसेन्स देखाउ
नत्र जरिमाना तिर्न आफ्नो नाम लेखाऊ
महादेव भने-
बालक म महादेब नै हुँ
पार्वतीलाई घुमाउन ल्याएको
पशुपतिमा भक्तलाई दिए पछी
आफुले पनि यसो बुटी लिन भ्याएको ।
पुलिसले भन्यो -
अस्ती एउटा लल्लुले
आफुलाई राम, तरुनिलाई सिता भन्दैथ्यो
हिजो अर्को कल्लुले
अफुलाई कृष्ण र तरुनिलाई गीता मान्दैथ्यो
आज अर्को झल्लुले
आफुलाई महादेव तरुनुलाई पार्वती भन्दैछ
भाङ र धतुरो सुरमा
आफुलाई देवता ठान्दैछ
महादेब भने -
हेर बालक
तिमीलाई जाबो देश चलाउन
टेन्सन भएर
बोतलका बोतल रक्सी तान्छौ
दिन भर असुली गरेर
त्यही पैसोले रातभर जाँड खान्छौ
बिहान उठेर आँखा मिच्दै
फेरी अशुलीमा जान्छौ
मलाई त झन संसार चलाऊदा
के के हुन्छ
दुई चार चिमिल तान्दैमा
यसले के छुन्छ ?
पोलिसलाई सार्है झोक चलेपछी भन्यो -
त बुढालाई दुई चार लात थाह हुन्छ
अब के के हुन्छ
उसले अन्तिमा उपाए सुल्झाउदै भन्यो
बुढोलाई कुना लाग्दै भन्यो -
छ भने
यसो खल्ती दाम हालिदिए हुन्छ
छैन भने
तिम्री तरुनी
हाम्रो काखमा फालिदिए हुन्छ
नत्र भने
दुबैलाई ठुलै सजाए हुन्छ
त्यस पछी त
महादेब पार्वती अन्तर ध्यान भए
सकैदैन मान्छेसङ्ग भन्दै
कैलाश तिर गए
मोटर बाइको धुवाले
पोलिस कास्दै थियो
बुढो त खल्ली जादुकर रहेछ
भन्दै हाँस्दै थियो ।
No comments:
Post a Comment