11 March 2014 at 10:26
मैफिल जमाएकी निशा
खुट्टा लरबाराउदै
डान्सबारबाट झर्छे
र नजिकैको ट्याक्सीमा चढ्छे
" न धन दिन्छेस
न मन दिन्छेस
सधै हिरोइन मात्र बन्छेस"
ट्याक्सी ड्राइभर कराउछ  
निशाले नसुने पछी
ऊ एक्लै बरबराउछ ।
“ ल गुरु
हिड खुरुखुरु “
निशा आदेश गर्दै बोल्छे
नाच्दा तातेको शरीर सेलाउन
केही लुगा पनि खोल्छे ।

 लादैन तलाई भन्दै
ड्राइभर सबै बत्ती बाल्छ
बत्ती भन्दा तेजिला आँखा
अर्ध नग्न निशामा फाल्छ ।
" हिडन यार
एउटा गाडी किन्दैछु
तिमीलाई नै ड्राइभर बनाउला
दुइचार दिन भए पनि
हनिमुन मनाउला ।
"तर आज त पैसो चाहिन्छ
सधैं यस्तै भनेर कहाँ छुट्टी पाईन्छ “
भन्दै ड्राइभर हसिलो मुहार पार्छ
र सबै बत्ती मार्छ ।
" साउजीले आज पनि पैसो दिएन क्या "
झर्किदै निशा कुरो खोल्छे
र लाइटरले चुरोट पोल्छे ।
किन काम गरेको त यस्तोमा ?
ड्राइभर हकार्दै झोकिन्छ
खुट्टा गियरमा ठोकिन्छ ।
पेटको लागि
कस्ले दिन्छ अरु काम
कस्ले दिन्छ यहाँ माम
हैन तिम्री श्रीमती छैनिन ?
निशा पानी झै पोखिन्छे
अलिकती ड्राइभरसङ्ग पनि ठोकिन्छे ।
आफु बिदेस गएको बेला
श्रीमती अर्कैसङ्ग हराइ
पैसो पनि कुम्लाएर
आज यस्तो गती गराइ ।
गाडी गन्तब्यमा रोके पछी
निशा चुरोट्को ठुटो फाल्छे
र निश्फिक्री कदम चाल्छे
ड्राइभर उस्लाई हेर्दै
एकछिन गम खाइरहन्छ
साहेत उसलाई
निशा याद आइरहन्छ ।