गैराबारे कान्छो
यसपली
सभासद भएको खबर
स्थानिय रेडियोले फुके पछी
कान्छाका बाले निधारमा
रातो टिका लगाइदिदै भने -
हेर कान्छा
तैले हलो जोत्दा
बिकासे धान फलेकै थियो
जसो तसो भए पनि
घरको काम चलेकै थियो
अब सभासद भइस रे
संबिधान बनाउन जान लागिस रे
यो संबिधान भनेको कस्तो धान रहेछ ?
बास्मती धान
तिल्की धान
मन्सुली धान त
यही पनि बनाउन सक्थिस
ठुला बडाले बनाउन नसकेको धान
त कसरी बनाउलास ?
होस गरेस है कान्छा
हामी गरीबलाई फसाउलान
सभासद भनेर
जिन्दगी भरी हली बसाउलान
हामीलाई मुखियाले झै
फेरी मुगलान पसाउलान ।
अस्ती रेडियोमा मात्र सुनेको
बिदेसिले दिएको
कुन मकैको बिउ फलेन रे
कुन धान रोपेको झुलेन रे
नयाँ धान बनाउने भन्दै
नक्कली बिउ भिराउलान
खाने एउटाले
हामी गरीबलाई तिराउलान
त अनपढलाई छक्काउदै
नक्कली धान देशमा छिराउलान
राम्रो गौशाला नभएको देशलाई
अनेक प्रयोगशाला बनाउलान ।
कान्छोले झोला बोक्दै भन्यो -
पिर नगर्नुस बा
म पनि कम बाठो छैन
हाम्रो नेताले नभनेसम्म
एउटा पनि ल्याप्चे लाउदैन
राम्रो धान नपाएसम्म गाउमै आउँदैन ।
यसपली
सभासद भएको खबर
स्थानिय रेडियोले फुके पछी
कान्छाका बाले निधारमा
रातो टिका लगाइदिदै भने -
हेर कान्छा
तैले हलो जोत्दा
बिकासे धान फलेकै थियो
जसो तसो भए पनि
घरको काम चलेकै थियो
अब सभासद भइस रे
संबिधान बनाउन जान लागिस रे
यो संबिधान भनेको कस्तो धान रहेछ ?
बास्मती धान
तिल्की धान
मन्सुली धान त
यही पनि बनाउन सक्थिस
ठुला बडाले बनाउन नसकेको धान
त कसरी बनाउलास ?
होस गरेस है कान्छा
हामी गरीबलाई फसाउलान
सभासद भनेर
जिन्दगी भरी हली बसाउलान
हामीलाई मुखियाले झै
फेरी मुगलान पसाउलान ।
अस्ती रेडियोमा मात्र सुनेको
बिदेसिले दिएको
कुन मकैको बिउ फलेन रे
कुन धान रोपेको झुलेन रे
नयाँ धान बनाउने भन्दै
नक्कली बिउ भिराउलान
खाने एउटाले
हामी गरीबलाई तिराउलान
त अनपढलाई छक्काउदै
नक्कली धान देशमा छिराउलान
राम्रो गौशाला नभएको देशलाई
अनेक प्रयोगशाला बनाउलान ।
कान्छोले झोला बोक्दै भन्यो -
पिर नगर्नुस बा
म पनि कम बाठो छैन
हाम्रो नेताले नभनेसम्म
एउटा पनि ल्याप्चे लाउदैन
राम्रो धान नपाएसम्म गाउमै आउँदैन ।
No comments:
Post a Comment