एक दिन
भगवतिलाई फकाउन
दुइचारवटा भाकल पकाउन
एउटा पोको र बोको बोके
मन्दिरमा पुगे पछी
अरुले जस्तै लम्पसार परेर
देवीलाई ढोके
आकाश थर्काउने गरी
“जय काली “ भन्दै खोके
त्यसपछी
कालिको पाउ पर्दै
मनमनै दु:ख दर्द पोखे
एक्कासी भगबती चढे जस्तो भएछ
मेरो काम बिगार्नेहरुलाई
मेरो नाम बिगार्नेहारुलाई
सम्झदै
दयामाया नगरि
बिचरो बोकाको गर्दन माथि
सल्यानी खुकुरी ठोके
मम्मी पनि भन्न नपाई
गर्लम ढल्यो बिचरा बोके
रगतले परीकर्मा गराउदा
सास नै रोके
बोका बली भने पछी
कालिका सेवकले पनि
राम्रै भेटी लिए
बदलामा टाउको नभएको मेरै बोका दिए
मनमा आज ठुलै उमङ्ग थियो
बोकालाई मारेर
सङ्सार नै जिते जस्तो भयो
यो शरिर पनि
शिर देखी पाउसम्मै दङ्ग् थियो
बोका नगन्हाउनजेल
एक टुक्रा पनि नफाली
प्रशाद सम्झी सम्झी खाइयो
त्यस पछी त के भन्नु गाठे !
झाडा पखलाले पाउनु सास्ती पाइयो
ज्यान सिल्टीमुरै खाने भए पछी
अस्पातल नै धाइयो
कुरो के गर्नु हजुर त्यो खस्पातलको
बोकाको मुल्य भन्दा बड्ता मुल्य
डाक्टरलाई पो चढाइयो
मेरो बली
देबिहरुले पाए कि पूजारी खाए
त्यो भन्दा त धेरै दु:ख
आँफैले नै पाए
त्यो भाकल पनि थाह छैन
खै कहाँ थन्क्याछ
के बाटोमै अलपत्री पारी
झिगा नै भन्क्याछ
बोको किन्दाको ऋन
तिर्न पुरै बाँकी छ
धामी दाई भन्दै छन
कालि माबाट अझै रातो भालेको मागी छ ।
भगवतिलाई फकाउन
दुइचारवटा भाकल पकाउन
एउटा पोको र बोको बोके
मन्दिरमा पुगे पछी
अरुले जस्तै लम्पसार परेर
देवीलाई ढोके
आकाश थर्काउने गरी
“जय काली “ भन्दै खोके
त्यसपछी
कालिको पाउ पर्दै
मनमनै दु:ख दर्द पोखे
एक्कासी भगबती चढे जस्तो भएछ
मेरो काम बिगार्नेहरुलाई
मेरो नाम बिगार्नेहारुलाई
सम्झदै
दयामाया नगरि
बिचरो बोकाको गर्दन माथि
सल्यानी खुकुरी ठोके
मम्मी पनि भन्न नपाई
गर्लम ढल्यो बिचरा बोके
रगतले परीकर्मा गराउदा
सास नै रोके
बोका बली भने पछी
कालिका सेवकले पनि
राम्रै भेटी लिए
बदलामा टाउको नभएको मेरै बोका दिए
मनमा आज ठुलै उमङ्ग थियो
बोकालाई मारेर
सङ्सार नै जिते जस्तो भयो
यो शरिर पनि
शिर देखी पाउसम्मै दङ्ग् थियो
बोका नगन्हाउनजेल
एक टुक्रा पनि नफाली
प्रशाद सम्झी सम्झी खाइयो
त्यस पछी त के भन्नु गाठे !
झाडा पखलाले पाउनु सास्ती पाइयो
ज्यान सिल्टीमुरै खाने भए पछी
अस्पातल नै धाइयो
कुरो के गर्नु हजुर त्यो खस्पातलको
बोकाको मुल्य भन्दा बड्ता मुल्य
डाक्टरलाई पो चढाइयो
मेरो बली
देबिहरुले पाए कि पूजारी खाए
त्यो भन्दा त धेरै दु:ख
आँफैले नै पाए
त्यो भाकल पनि थाह छैन
खै कहाँ थन्क्याछ
के बाटोमै अलपत्री पारी
झिगा नै भन्क्याछ
बोको किन्दाको ऋन
तिर्न पुरै बाँकी छ
धामी दाई भन्दै छन
कालि माबाट अझै रातो भालेको मागी छ ।
No comments:
Post a Comment